close

कोरोना नियन्त्रणमा व्यक्तिगत हातेमालो

सुरक्षा निकायदेखि, सामाजिक संस्थालाई स्वास्थ्य सामग्री

कोरोना नियन्त्रणमा व्यक्तिगत हातेमालो

सुरक्षा निकायदेखि, सामाजिक संस्थालाई स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाका समाजसेवी हंसराज वाग्लेले जिल्लाका सुरक्षा निकाय, सामाजिक संस्था र स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । एमालेको प्रदेश १ कमिटी सदस्यसमेत रहेका वाग्लेले मास्क र स्यानिटाइजर वितरण गरेका हुन् ।

 

उनले सिद्धिचरण नगरपालिकालाई २०५ थान मास्क र २० लिटर स्यानिटाइजर, वडा नम्बर ९लाई २ हजार ५ सय र २० लिटर स्यानिटाइजर, मोलुङ गाउँपालिकालाई २ हजार थान मास्क र १० लिटर स्यानिटाइजर उपलब्ध गराएका छन् ।

 

त्यस्तै, खिजीदेम्बा र चिशंखुगढी गाउँपालिकालाई प्रतिपालिका १ हजार मास्क र १० लिटर स्यानिटाइजर उपलब्ध गराएका छन् । जिल्लास्थित सुरक्षा निकायलाई पनि मास्क तथा स्यानिटाइजर वितरण गरिएको छ ।

 

जिल्ला प्रहरी कार्यालयलाई ५०० थान मास्क तथा १० लिटर स्यानिटाइजर तथा सशस्त्र प्रहरीलाई ३ सय मास्क र ५ लिटर स्यानिटाइजर वितरण गरिएको छ ।

 

जिल्लामा १५ हजार मास्क र १ सय लिटर स्यानिटाइजर वितरण गरिने वाग्लेले जानकारी दिए । कोरोना संक्रमणको जोखिमबाट जोगिन सहयोग गर्ने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको वाग्लेले बताए । वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष वाग्ले भलिबलका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् ।