close

पछिल्लो २४ घण्टामा थपिए ९०७० संक्रमित, ५४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ९०७० संक्रमित, ५४ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं- पछिल्लो २४ घण्टामा  ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो २४ घण्टामा अहिलेसम्मकै धेरै हो भने ५४ जनाको मृत्यु भएको छ।


२० हजार ३६७ जनाको परीक्षण गर्दा आठ हजार ९७० र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ६८ हजार ५८० पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ। 


पछिल्लो २४ घण्टामा २७ सय ७ जनाले कोरोना जितेका छन्। कोरोना जित्नेको संख्या दुई लाख ९२ हजार ४९० पुगेको छ। 


 योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ सय २९ पुगेको छ।