close

नेपालकै महँगो सडक तालचोक-वेगनासको निस्कियो टेन्डर

३.२८ किलोमिटरको लागत १ अर्ब ६० करोड

नेपालकै महँगो सडक तालचोक-वेगनासको निस्कियो टेन्डर

३.२८ किलोमिटरको लागत १ अर्ब ६० करोड

Trulli
ADVERTISEMENT

कास्की- लागतका हिसाबले सम्भवतः नेपालमै सबैभन्दा महँगो हुनेछ, पोखराको तालचोकदेखि वेगनासताल जोड्ने सडकको स्तरोन्नति । यसका लागि टेन्डर आहवान भएको छ ।

 

विश्व बैंकको अनुदान सहयोग र नेपाल सहरी शासकीय सुधार आयोजनाको लगानीमा सडक स्तरोन्नति हुन लागेको हो ।

 

यसलाई नेपालकै पहिलो नमुना सडकको रूपमा लिइएको छ । सडक निर्माणका लागि डिपिआर तयार भइसकेको छ ।

 

यसको लागत १ अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएको छ । ३.२८ किलोमिटरको सडक ४ लेनको हुनेछ ।

 

सडक दायाँबायाँ साइकल लेन हुनेछ भने पैदल मार्ग, व्यवस्थित नाला, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्यबत्तीसमेत राख्ने योजना छ ।

 

पोखरा महानगर प्रमुख मानबहादुर जिसीले यो सडक नेपालकै अध्ययनको आयोजनाको रूपमा विकास हुने दाबी गरे ।