close

ललितपुरमा कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स

ललितपुरमा कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स

Trulli
ADVERTISEMENT

ललितपुर- कोरोना संक्रमित बढेसँगै ललितपुरमा कोभिड-१९ का बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ ।


ललितपुरभित्र सञ्चालित एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा शुक्रबार बसेको बैठकले सबै एम्बुलेन्सलाई १०२ मा आबद्ध गर्न अनुरोध गर्ने र एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय भएको ललितपुरका निमित्त प्रमुम जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।


कोरानाको बढ्दो संक्रमणलाई लक्षित गरी एम्बुलेन्स सेवा सञ्चालन र परिचालन प्रभावकारी बनाउन १०२ मा आबद्ध गर्ने र कोभिड बिरामीका लागि १०२ नम्बरमा सम्पर्क गर्न अनुरोध गर्ने निर्णय भएको उनले बताए ।

 

जुन स्थानीय तहबाट बिरामी अस्पताल लगिएको हो, सोही स्थानीय तहले एम्बुलेन्स खर्च बेहोर्ने व्यवस्था गर्ने र यसका लागि सम्बन्धित पालिका प्रमुखसँग छलफल गर्ने निर्णय भएको छ ।

 

ललितपुरमा सञ्चालनमा रहेका एम्बुलेन्सलाई अनिवार्य वैशाख मसान्तभित्र जीपीएस जडान गर्न लगाउने निर्णय भएको छ ।