close

त्रिवि शिक्षण अस्पताललाई काठमाडौं महानगरको भेन्टिलेटर सहयोग

त्रिवि शिक्षण अस्पताललाई काठमाडौं महानगरको भेन्टिलेटर सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाकाले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ । कोभिड संक्रमितको उपचारका लागि भेन्टिलेटर अभावमा समस्या परेका बेला महानगरले सहयोग गरेको हो ।


भेन्टिलेटर हस्तान्तरण गर्न महानगरप्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीलगायतका जनप्रतिनिधि टिचिङ अस्पताल पुगेका थिए ।


कार्यक्रममा महानगरप्रमुख शाक्यले कोभिड१९ विरुद्ध सबै नेपाली एकजुट भए मात्र सफलता हात लाग्ने बताए । उनले भने, अन्य अस्पतालहरूलाई पनि महानगरले सहयोग गर्नेछ ।’