close

धनकुटाको पाख्रिबासमा औद्योगिक ग्राम शिलान्यास

धनकुटाको पाख्रिबासमा औद्योगिक ग्राम शिलान्यास

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटाको पाख्रिबास नगरपालिकामा ५४ करोड रुपैयाँको लागतमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । 
नगरपालिकाको वडा नम्बर ७ राम्चेडाँडामा ११७ रोपनी जग्गामा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो ।
औद्योगिक ग्रामको संघीय सांसद राजेन्कुमार राईले शिलान्यास गरे । 


कार्यक्रममा सांसद राईले देशलाई आर्थिक रूपमा समृद्ध बनाउन कलकारखाना, उद्योगधन्दा खोल्न आवश्यक रहेकामा जोड दिए । धनकुटाका अन्य स्थानिय तहमा पनि औद्योगिक ग्राम निर्माणका लागि पहल गर्ने प्रतिबद्धता उनले जनाए । 


बेरोजगार युवाहरूलाई रोजगार दिन संघ, प्रदेश र स्थानीय सरकारले नीति बनाएर हरेक स्थानीय तहमा औद्योगिक ग्राम निमार्ण गरिरहेको पनि राईले बताए ।

औद्योगिक ग्राम संघीय सरकारको एक स्थानीय तह एक औधोगिक ग्रामको नीतिअनुरूप बनाइन लागेको हो ।

५४ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामका लागि पहिलो चरणमा १ करोड २५ लाख बराबरको बजेटबाट भवन, बाटो निर्माणको काम गरिने पाख्रिबास नगरपालिका प्रमुख वृषबहादुर राईले जानकारी दिए ।
औद्योगिक ग्रामको डिपिआर तयार भइसकेको र चालू आर्थिक वर्षमा पहिलो चरणको निर्माण गरिने उनको भनाइ छ ।


औद्योगिक ग्राम निर्माणपछि स्थानीय स्रोत–साधन, कच्चा पदार्थ राखिनेछ । त्यस्तै, प्रविधि र सीपको परिचालन गरी रोजगारी सिर्जना गर्दै स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउ र उत्पादन एवं उत्पादकत्व अभिवृद्धिका लागि पहल गरिनेछ । 


चालू आर्थिक वर्ष २०७७\७८ मा १ करोड रुपैयाँ विनियोजित उक्त ग्राम निर्माणका लागि धनकुटाको थुलुङ कन्स्ट्रक्सन एन्ड सप्लायर्सले काम सुरु गरिसकेको छ ।

ग्राममा यो वर्ष ४ कोठे एउटा भवन, ५ सय मिटर सडक निर्माण हुनेछ । धनकुटाका ७ मध्ये ४ वटा स्थानीय तहमा औद्योगिक ग्राम बन्न बाँकी छ ।