close

बाजुरामा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएका वडाध्यक्षको बीच बाटोमै निधन

कोरोना संक्रमित वडाध्यक्ष विकको निधन

बाजुरामा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएका वडाध्यक्षको बीच बाटोमै निधन

कोरोना संक्रमित वडाध्यक्ष विकको निधन

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विनोदकुमार विकको कोरोना संक्रमणबाट निधन भएको छ । १ साताअघि बिरामी भएका वडाअध्यक्ष विकलाई शनिबार बिहान मात्र कोरोना पोजेटिभ देखिएको पारिवारीक स्रोतले जनाएको छ ।


 
अवस्था जटिल भएपछि विकलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा पुर्‍याइँदै थियो । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भएपछि विकलाई थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको हो ।

 

जिल्लामा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएका वडअध्यक्ष विकको बीच बाटोमै निधन भएको हो । अक्सिजन र भेन्टिलेटर अभावमा जिल्ला अस्पतालले जिल्लाबाहिर रिफर गरेपछि विकलाई डडेल्धुरा लैजाँदै गर्दा शनिबार राती ८ बजे अछामको साँफेबगरमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

 

मृतक वडाध्यक्ष विकको शव बीच बाटोबाटै घर फर्काइसकिएको छ । वडाध्यक्षसँगै बाजुरामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ र संक्रमित हुनेको संख्या १५९ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।