close

‘जनताको मृत्यु टुलुटुलु हेर्ने होइन, यो जनता बँचाउने सरकार हो’

‘जनताको मृत्यु टुलुटुलु हेर्ने होइन, यो जनता बँचाउने सरकार हो’

Trulli
ADVERTISEMENT

स्याङ्जा– देशव्यापी रुपमा कोरोना संक्रमणका कारण मृत्यु भएका खबर बढिरहेका बेला गल्याङ नगरपालिका मेयर भुपराज अधिकारीले भने बँचाउने उपायको खोजी गर्दै त्यसतर्फ क्रियाशिल हुन स्थानीय सरकारले कुनै कञ्जुस्याई गर्न नहुने बताएका छन् । 

 

आफुले चढ्दै आएको सवारी साधन संक्रमितका लागि दिने निर्णय गर्दै मेयर अधिकारीले सानो गल्तिले संक्रमितको ज्यान गईरहेको भन्दै ति साना तिना गल्ति हुन नदिनका लागि चनाखो हुन नगरलाई अलर्ट राखिएको बताएका हुन् । 

 

‘उता संक्रमितलाई अस्पताल लैजान साधन नहुने अनि आफु गजक्क गाडी चढ्न सुहाउँछ ? के यसकै लागि हामीलाई जनताले जिताएका हुन् ? हामी यतिबेला झन् जिम्मेवार बन्नुपर्छ नि, त्यसैले नगरसँग भएका सबै स्रोत र साधन प्रयोग गरेर जनताको जिउ जोगाउनुपर्छ ।’ मेयर अधिकारीले भने । 

 

मेयर अधिकारीले कोरोना संक्रमणलाई नियन्त्रण गर्न नगरपालिकाले विभिन्न कदमहरु चालिरहेको भन्दै महामारीको बेला नगरपालिकाको अभियानमा सबैलाई साथ दिन आह्वान पनि गरेका छन् । उनले अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने तथा स्वास्थ्य मापदण्डहरुको पालना गरी उच्च साबधानी अपनाउन नगरवासीलाई अनुरोध गरेका छन् । 

 

‘सरकार हुनुको महसुस हुने गरी काम गर्न कर्मचारी र जनप्रतिनिधिलाई भनेका छौं, जनताको मृत्यु टुलुटुलु हेर्ने होइन, यो जनता बँचाउने सरकार हो’ मेयर अधिकारीले भने ।