close

कोरोना संक्रमितलाई घरघरमै अक्सिजन पुर्‍याउँदै मेचीनगर

कोरोना संक्रमितलाई घरघरमै अक्सिजन पुर्‍याउँदै मेचीनगर

Trulli
ADVERTISEMENT

झापा- झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई औषधी र अक्सिजन सिलिन्डर घरमै पुर्‍याउने व्यवस्था गरेको छ ।

 

पालिकाको चिकित्सको टोलीले होम आइसोलेसनमा रहेका संक्रमितलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।

 

‘होम आइसोलेसनमा बसेका संक्रमित बिरामीले कुनै असुविधा भोग्नुपर्ने छैन’, ओझाले भने, ‘जुनसुकै समयमा हामी औषधी र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौँ ।’ नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डर व्यवस्था गरेको छ ।

 

वडा नम्बर ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको पािलकाले नगरभित्रका एम्बुलेन्स चालकलाई पिपिई, ग्लोब, स्यानिटाइजर र मास्क उपलब्ध गराएर कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।