close

पछिल्लो २४ घन्टामा थपिए ८८५० जना संक्रमित, ५२ जनाकाे मृत्यु

पछिल्लो २४ घन्टामा थपिए ८८५० जना संक्रमित, ५२ जनाकाे मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

 

आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।


विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जनाएका छन्।