close

नगरप्रमुख र उपप्रमुखको गाडी एम्बुलेन्स बनेपछि...

नगरप्रमुख र उपप्रमुखको गाडी एम्बुलेन्स बनेपछि...

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेकको पाँचखाल नगरपालिका प्रमुख र उपप्रमखुले आफू चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोगमा ल्याउने भएका छन् ।

 

नगरप्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी कोभिड–१९ का बिरामीलाई अस्पताल लैजान एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिने भएका हुन् ।

 

नगरप्रमुख खरेलले आफ्नो एउटा निजी गाडीसमेत कोभिड–१९ का बिरामी बोक्न दिएका छन् ।

 

नगरप्रमुख खरेलले विज्ञप्ति जारी गर्दै नगरभित्र सञ्चालित ४ वटा एम्बुलेन्सले मात्रै कोभिड–१९ का बिरामी बोक्न नसक्ने अवस्था देखिएपछि बा१झ ९१०९, बा१९प ५६६८ र बा२झ १४९४ नम्बरको सरकारी गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय भएको जानकारी दिए ।