close

दक्षिणामा पण्डितलाई आँपको बिरुवा !

दक्षिणामा पण्डितलाई आँपको बिरुवा !

Trulli
ADVERTISEMENT

धनुषा -  धनुषाको नगराइन नगरपालिका– २ का एक व्यक्तिले आप्mनी आमाको श्राद्धकर्ममा पण्डितलाई रकमको साटो आँपका बिरुवा दक्षिणा दिएका छन् ।

 

पेसाले  वन अधिकृत रहेका राजेन्द्रलाल कर्णले आफ्नी आमा राजकुमारी देवीको श्राद्धशुद्धिकर्मको दिन भोजनपछि दक्षिणामा पण्डितलाई पैसा नदिएर आँपको बिरुवा बाँडेका हुन् ।


भोजनपछि पण्डितहरू दक्षिणामा आँपको बिरुवा लिएर खुसी हुँदै घर फर्किएको कर्णले बताए ।


जनकपुर वन प्राविधिक समाजका केन्द्रीय सदस्यसमेत रहेका वन अधिकृत कर्णले प्रकृतिलाई बचाइराख्न र मानवीय चेतना वृद्धिका लागि आमाको श्राद्धकर्ममा आँपको बिरुवा बाँडेको सुनाउँछन् । 


‘शुद्धिकर्म ब्राह्मण भोजनमा उपस्थित सम्पूर्णलाई भोजन दक्षिणामा १–१ गोटा आँपका बिरुवा वितरण गरेको हुँ’, कर्णले भने ।


मृत्यु संस्कारमा पनि पर्यावरण संरक्षणसम्बन्धी कार्यक्रम चलाइनु सकारात्मक रहेको स्थानीय सुरेश शर्मा बताउँछन् ।