close

चन्दननाथमा संक्रमित बढेको बढ्यै तर, आइसोलेसन छैन 

चन्दननाथमा संक्रमित बढेको बढ्यै तर, आइसोलेसन छैन 

Trulli
ADVERTISEMENT

जुम्ला- देशैभर कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । जुम्ला पनि यसबाट अछुतो छैन । स्वास्थ्यकर्मी भन्छन्- गाउँ–गाउँमा रुघाखोकीका बिरामी धेरै छन् । उनीहरूलाई परीक्षण गरेपछि कोरोना संक्रमण अनिवार्य देखिने गरेको छ । 


जुम्लाका ८ वटा स्थानीय तहमध्ये धेरै कोरोना संक्रमित चन्दननाथ नगरपालिकामा छन् । नगरपालिकाभित्र ६७ जना कोरोना संक्रमित छन् । यहाँ सहरी क्षेत्र र जनघनत्व पनि अरू गाउँपालिकाभन्दा बढी छ । 

 

नगरपालिकामा संस्थागत आइसोलेन नभएकाले यहाँका सबै संक्रमित होम आइसोलेसन बस्ने गरेका छन् । होम आइसोलेनमा बस्ने संक्रमित कोरोनाप्रति संवेदनशील हुने गरेका छैनन् ।

 

संक्रमित आइसोलेट भएर स्वास्थ्यकर्मीको निगरानीमा हुनुपर्ने हो । तर, संक्रमित नै एक ठाउँबाट अर्काे ठाउँ जाने र संक्रमण फैलाउने गरेको पाइएको छ । 


पातारासीमा ३२ जना, गुठीचौरमा २६ जना, तातोपानीमा ५ जना, तिलामा ११ जना, हिमामा २ जना, सिँजामा ७, कनकासुन्दरी गाउँपालिकामा ३२ जना र अन्य ३८ जना गरी २२४ जना कोभिडका बिरामी छन् । 


शुक्रबार जिल्लामा बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकबाट १ देखि ११ जेठसम्म स्वास्थ्य क्षेत्रबाहेक सबै ठप्प पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । 

 

यहाँका ८ वटै स्थानीय तहले ५०/५० बेडको आइसोलेसन तथा ५/५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने कोभिड संकट व्यवस्थापन समितिले बैठकले निर्णय गरेको छ ।

 

तर, चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश र संघीय सरकारले बजेट नदिएकाले आइसोलेसन कक्ष बनाउन नसकिएको विवशता पोख्छिन् ।

 

उनले भनिन्, ‘चन्दननाथ नगरपालिकाभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल छ भनेर बजेट नदिने । भन्नेबिकित्तै हामी कसरी आइसोलेसन बनाउन सक्छौँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालित छौँ । होम आइसोलेसनमा बसेकालाई पोषणयुक्त आहार वितरण गरेका छौँ ।’

 

कोभिड संकट व्यवस्थापन समितिको निर्णयअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्थानीय तहमा चिकित्सक पठाउने प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । उनले भने, ‘स्थानीय तहमा चिकित्सकलाई बस्ने वातावरण स्थानीय सरकारले नै व्यवस्थापन गर्नुपर्छ ।’