close

घट्न थाल्यो कोरोना संक्रमणको ग्राफ : निको हुनेको संख्या बढ्दै

घट्न थाल्यो कोरोना संक्रमणको ग्राफ : निको हुनेको संख्या बढ्दै

Trulli
ADVERTISEMENT

काठमाडौं– वैशाख पहिलो सातादेखि फैलिरहेको दोस्रो लहरको कोरोना महामारीका कारण संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढे पनि शनिबारदेखि संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

 

यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

 

कोरोनाको दोस्रो लहर बढ्दै गएपछि राजधानीसहित देशैभरका अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउने जारी गरिएको निषेधाज्ञाले संक्रमित हुने र मृत्यु हुने दुवैको संख्यामा केही कमी आएको हो ।

 

पिसिआर परीक्षण गर्दा संक्रमण केही दिनयता सरदर ४५ प्रतिशत रहेकामा आइतबार मात्रै ३७.४ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने निको हुने दर ७४.६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

 

संक्रमितमध्ये देशभर १३१३ जना आइसियुमा र ३८० जना भेन्टिलेटरमा उपचाररत छन् भने अधिकांश संक्रमित होम आइसोलेसनमै बसेका छन् ।

 

गौतमका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ६४८ जना निको हुँदा ७३६८ जनामा संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट ७३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी कुल ७३६८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको प्रवक्ता डा. गौतमले बताए । शनिबार मात्रै देशभर ८१६७ जना संक्रमित थपिएका थिए भने ५ हजार ४५५ जना निको भएका थिए । 
 

बिहीबार ८९६० जनामा संक्रमण पुष्टि भएको थियो भने ५ हजार ५५ जना मात्रै निको भएका थिए । उक्त दिन २१४ जनाले ज्यान गुमाएका थिए । यस्तै बुधबार ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने निको हुने संख्या ४४४४ जना मात्रै थियो ।