close

कोरोना मेट्रो अस्पतालको लागि सहयाेग जुटाउँदै तुलसीपुर

कोरोना मेट्रो अस्पतालको लागि सहयाेग जुटाउँदै तुलसीपुर

Trulli
ADVERTISEMENT

दाङ- तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि झण्डै चार लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

 

वाणिज्य सङ्घका महासचिव विनिल केसीले उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । वाणिज्य सङ्घले एक लाख ५१ हजार, रोटरी क्लब अफ तुलसीपुर सिटीले ६२ हजार ३००,  रोट्र्याक्ट क्लब अफ तुलसीपुरले ६५ हजार ३६०, लायन्स क्लब अफ दाङको तर्फबाट ५१ हजार,   तुलसीपुर ट्रेक्टर समितिको तर्फबाट २५ हजार र  तुलसीपुर उद्योग वाणिज्य सङरघका उपाध्यक्ष ललितजङ्ग शाहबाट ११ हजार रुपैयाँ सहयोग प्राप्त भएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

 

त्यस्तै तुलसीपुर-९ निवासी वीरबहादुर डाँगी, गोकर्ण डाँगी, टोपबहादुर डाँगी र भरत डाँगीकीले आमा मित्रकुमारी डाँगीको नामबाट अक्सिजन प्लान्ट र तुलसीपुरको कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् । 

 

कोभिड विपद कोषका सहजकर्ता तथा समाजसेवी विमल रिजालको पहलमा सो रकम सङ्कलन गरिएको हो । तुलसीपुर उधोग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले विपद्को घडीमा  नागरिकको जीवन रक्षाका लागि आम व्यवसायीलाई  सहयोगको अपिल  गरेका छन् ।

 

पालिका खबरसँग कुरागर्दे सहयोग गर्ने सबै मनकारी हातहरुलाई उपमहानगरका प्रमुख घनश्याम पाण्डेले धन्यवाद दिएका छन् ।