close

कोरोनासँग जुध्न अर्थले छुट्यायो थप ४ अर्ब ३१ करोड

कोरोनासँग जुध्न अर्थले छुट्यायो थप ४ अर्ब ३१ करोड

Trulli
ADVERTISEMENT

काठमाडौं- अर्थ मन्त्रालयले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अस्पतालको क्षमता बढाउन र स्वास्थ्य सामग्री खरिद गर्न थप ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ छुट्याएको छ ।

 

मन्त्रालयका अनुसार देशका २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिइएको हो ।

 

यस्तै, अर्थ मन्त्रालयले केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

 

कोभिड-१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य मन्त्रालयको मागअनुरूप स्रोत सुनिश्चित गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।