close

नेपाल-कोरिया मैत्री अस्पताललाई काठमाडौं महानगरको भेन्टिलेटर सहयोग

करिब ७० लाख रुपैयाँ बराबरको भेन्टिलेटर हस्तान्तरण

नेपाल-कोरिया मैत्री अस्पताललाई काठमाडौं महानगरको भेन्टिलेटर सहयोग

करिब ७० लाख रुपैयाँ बराबरको भेन्टिलेटर हस्तान्तरण

Trulli
ADVERTISEMENT

भक्तपुर- मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरिया मैत्री अस्पताललाई काठमाडौं महानगरले ३ थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । महानगरले कोरोना संक्रमितको ज्यान जोगाउन अस्पतालमा रहेको आइसियुमा जडान गर्न करिब ७० लाख रुपैयाँ बराबरको भेन्टिलेटर हस्तान्तरण गरेको हो । 

 

महानगरले काठमाडौंका सबैजसो सरकारी, सामुदायिक अस्पतालको क्षमता र स्तरवृद्धिका लागि भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउने नीतिगत निर्णयअनुरूप उक्त सहयोग गरेको हो ।

 

महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीसहितको टोली उक्त अस्पताल पुगेर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठलाई भेन्टिलेटर हस्तान्तरण गरे ।

 

‘विगतमा नगर-नगर साझेदारीअन्तर्गत सम्पदा र पर्यावरण बचाउन सहयोग गर्दै आएकामा अहिले कोरोनाको अदृश्य शक्तिसँग जुध्न स्वास्थ्य क्षेत्रमा पनि सहकार्य गर्नुपर्छ भनेर अस्पताललाई भेन्टिलेर हस्तान्तरण गरेका हौँ,’ प्रमुख शाक्यले भने, ‘नयाँ अस्पताल विस्तारभन्दा पनि सञ्चालनमा रहेका अस्पतालको गुणस्तरीय सेवा विस्तारमा सहयोग पुर्‍याउन सके बिरामी र चिकित्सकलाई आत्मविश्वास बढ्छ भन्ने हाम्रो मान्यता छ ।’

 

अक्सिजन अभावले शय्या विस्तार गरेर पनि सेवा विस्तार गर्न नसकको भन्दै मध्यपुर थिमिका नगरप्रमुख श्रेष्ठले अक्सिजन प्लान्ट जडान गरेपछि आइसियु र हाइकेयर युनिटमा अक्सिजन प्रवाह गर्न सहज भएको बताए । यसैगरी वयोधा मेडिकल टेक्नोलोजीले उक्त अस्पतालका लागि १० लाख रुपैयाँ पर्ने एउटा आइसोलेसन शय्या सहयोग गरेको छ ।