close

मिनी अक्सिजन प्लान्ट जडान गर्दै लम्कीचुहा

मिनी अक्सिजन प्लान्ट जडान गर्दै लम्कीचुहा

Trulli
ADVERTISEMENT

कैलाली- दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण अक्सिजनको अभावमा ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको छ ।

 

अक्सिजन नपाएर कोरोना संक्रमित नगरवासीको  अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यका साथ नगरपालिकाको पहल र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा लम्कीचुहा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गर्न लागिएको नगरप्रमुख महादेव बजगाईंले पालिका खबरलाई जानकारी दिएका छन् । 


नगरपालिकाले सामाजिक विकास मन्त्रालयलाई अक्सिजन प्लान्ट जडानका लागि आवश्यक बजेट विनियोजनको माग गर्दै जेठ २ गते सामाजिक विकास मन्त्रालयमा पत्राचार गर्दै ५० लाख रुपैयाँ माग गरेकोमा तत्कालका लागि १५ लाख रुपैयाँ मन्त्रालयबाट निकासा हुने नगरप्रमुख बजगाईंले बताए ।

 

३० देखि ५० लाख रुपैयाँमा मिनी अक्सिजन प्लान्ट निर्माण गर्ने लक्ष्य पासिलकाको रहेको छ । तत्कालै काम शुरु गरी अक्सिजन मेशिन खरीदका लागि बोलपत्रलगायतको प्रक्रिया शुरु गरिने नगरपालिकाले जनाएको छ ।