close

कोरानो संक्रमित होम आइसोलेसनमा रहँदा संक्रमण बढ्यो (भिडियो खबर)

कोरानो संक्रमित होम आइसोलेसनमा रहँदा संक्रमण बढ्यो (भिडियो खबर)

ADVERTISEMENT

 

जुम्ला- देशभर फैलिएको दोस्रो लहरको कोरोना संक्रमण जुम्लामा पनि समुदाय स्तरमा प्रवेश गरिसकेको छ । गाउँ गाउँमा कोरोना एन्टीजेन्ट परीक्षण गर्दा कोरोना संक्रमण देखिने गरेको छ । परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएका प्राय जसो संक्रमित होम आइसोलेनमा बसिरहेका छन् ।

 

स्थानीय तहले आइसोलसन कक्ष बनाए पनि संक्रमितलाई आइसोलेसनमा राखेका छैनन् । संक्रमित आफै पनि संस्थागत आइसोलेसन भन्दा पनि होम आइसोलेसनमै बस्न रुचाउने भएकाले पनि यहाँका स्थानीय सरकारलाई जिम्मेवारीबाट पन्छिने मौका मिलेका हो ।

 

संक्रमित होमआइसोलेसनमा बस्ने, आफै पनि सुरक्षित नहुने र हेलच्याक्राई गर्ने भएकाले संक्रमण फैलिदै गएको चिकित्सकको बुझाई छ । जुम्लामा कोरोना संक्रमतिको संख्या १ सय ९९ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ सय ९ जनामा पिसिआर परीक्षण गर्दा १ सय ११ जना र यहाँका ८ वटै स्थानीय तहमा ८ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा ८८ जनामा गरी १ सय ९९ जनामा संक्रमण देखिएको हो । 

 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नागरिक र जिम्मेवार निकाय सक्रिय हुन आवश्यक छ । अहिले होमआइसोलेसनको नाममा संक्रमित घरमा बसिरहेका छन् । यहाँका घर होमआइसोलेन उपयुक्त नभएकाले संक्रमण फैलिदै गएको छ । होमआइसोलेसन भन्दा सवै संक्रमितलाई संस्थागत आइसोलेसनमै राखेर प्रहरी प्रशासन र स्वास्थ्यकर्मीको निगरानीमा राख्नु पर्ने नागरिक अगुवाको भनाइ छ । 


थप संक्रमण फैलिनबाट रोक्नका लागि संक्रमितलाई संस्थागत आइसोलेसनमै आइसोलेट गर्नु जरुरी छ । होमआइसोलेनबाट संक्रमण फैलिदै गएको छ । चन्दननाथ नगरपालिकाले संक्रमितलाई घरघरमै  पुगेर पोषिला आहारा, स्वास्थ्य सामग्री र भिटामिन यूक्त कोशेली वितरण गरेको छ । 


कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न संघ र प्रदेश सरकारले चन्दननाथ नगरपालिकालाई बजेट विनियोजन गर्ने गरेको छैन । अघिल्लो कोरोना संक्रमणको बेला दुई पटक नगरपालिकाको नाममा बजेट आयो । तर अन्तै डाइभर्ट गरियो । अहिले पनि बजेट छैन । नगरपालिकाको हकमा आइसोलेसन भनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना संक्रमण नियन्त्रण तथा रोकथापमा कटिबद्ध रुपमा लागी परेको छ । देशभरबाट कोभिडका विरामी जुम्ला आउन थालेका छन् । स्थानीय तहमा पनि चिकित्सक खटाउन थालिएको छ । 

 

संक्रमण नियन्त्रण गर्न थप १० दिन निषेधाज्ञा गरिएको छ । विगतको निषेधाज्ञा खुकुलो भएकोले स्वास्थ्य क्षेत्र बाहेक सवै ठप्प पारिने निर्णय भएको छ । यहाँ आठै स्थानीय तहले ५०÷५० बेडको आइसोलेसन तथा ५÷५ बेडको कोभिड अस्पताल संचालनमा ल्याउने र अनिवार्य आइसोलेसनमा विरामी राख्ने तयारी गरिएको छ । 

 

स्थानीय तहमा प्रतिष्ठानले चिकित्सक पठाउने, कर्णाली स्वास्थ्य विज्ञान र प्रतिष्ठान र जनस्वास्थ्य कार्यालयले समन्वयमा पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने, प्रतिष्ठानमा अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न चाहिने आवश्यक विद्युत आपूर्ति गर्ने निर्णय भएको छ।