close

सेती सभागृहलाई कोरोना अस्पताल बनाउँदै डाेटी प्रशासन

आवस्यक सामग्रीकाे व्यवस्थापन जिल्लाका सबै स्थानीय तहले गर्ने

सेती सभागृहलाई कोरोना अस्पताल बनाउँदै डाेटी प्रशासन

आवस्यक सामग्रीकाे व्यवस्थापन जिल्लाका सबै स्थानीय तहले गर्ने

Trulli
ADVERTISEMENT

डोटी- डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ । जिल्लाका कोरोना संक्रमितको उपचारमा सहज बनाउन सभागृहलाई अस्थायी कोरोना अस्पतालको रुपमा रुपान्तरण गर्न लागीएको हो ।


दिपायल सिलगढी नगरपालिकाको पहलमा यहाँका नौवटै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रतिनिधि, नागरिक समाज तथा पत्रकारसहित सर्वपक्षीय सहभागी बैठकले उक्त सभाहललाई ५० शय्याको अस्थायी कोरोना अस्पताल बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले पालिका खबरलाई जानकारी दिएका छन् । 


बैठकले सभाहललाई अस्थायी कोरोना अस्पताल बनाइ जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई व्यवस्थापकीय जिम्मेवारी दिने निर्णयसमेत गरेको छ । अस्थायी अस्पतालको सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, अन्य स्रोत साधनलगायतका विस्तृत विवरणसहितको प्रतिवेदनका लागि जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख उद्धवबहादुर ठगुन्नाको संयोजकत्वमा पाँच सदस्यीय एक अध्ययन प्रतिवेदन टोलीसमेत बनाइएको छ । 

 

टोलीले यहि जेठ ४ गतेसम्म डिसिसिएमसीलाई प्रतिवेदन पेश गर्नुपर्ने निर्णय गरेको छ । अस्थायी अस्पतालका लागि ३० शय्या जिल्ला अस्पताल र २० शय्या दिपायल राजपुरमा रहेको सुजङ अस्पतालले उपलब्ध गराउने भएका छन् । डाक्टरसहित अन्य स्वास्थ्यकर्मी, अक्सिजन सिलिन्डर, औषधी, फर्निचरलगायत सबै व्यवस्थापन जिल्लाका सबै स्थानीय तहले गर्ने निर्णय भएको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले पालिका खबरलाई जानकारी दिएका छन् ।