close

अर्जुनधाराका प्रशासकीय अधिकृत खाम्याहाङको निधन 

अर्जुनधाराका प्रशासकीय अधिकृत खाम्याहाङको निधन 

Trulli
ADVERTISEMENT

झापा– अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणका कारण निधन भएको छ ।

 

कोरोना संक्रमण पुष्टि भई केही दिन होम आइसोलेसनमा बसेकोमा स्वास्थ्य अवस्था जटिल भएपछि वैशाख १७ गते उपचारार्थ बिर्तामोडस्थित  बिएण्डसी अस्पताल पुगेका थिए । 

 

बिएण्डसीमा उपचार गराइरहेका खाम्याहाङको सोमबार दिउँसो निधन भएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पालिका खबरलाई बताए। 

 

लामो समयसम्म नेपाल सरकारको प्रशाासन क्षेत्रमा सेवारत खाम्याहाङ विगत एक वर्षदेखि अर्जुनधारा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए ।