close

कोरोना संक्रमणवाट ८ महिनाकी गर्भवती उपप्रमुखको निधन 

कोरोना संक्रमणवाट ८ महिनाकी गर्भवती उपप्रमुखको निधन 

Trulli
ADVERTISEMENT


सप्तरी - कोरोना संक्रमणबाट सप्तरीको सप्तकोशी नगरपालिका उपप्रमुख आशा चौधरीको निधन भएको छ ।

 

विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा उनको सोमवार बिहान निधन भएको नगरपालिकाले जनाएको छ । ४० वर्षीया उपप्रमुख चौधरी पेटमा आठ महिनाको गर्भ थियो । 


चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् ।

 

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो ।  त्यसपछि एन्टिजेन परीक्षण गर्दा  कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए । गर्भवतीसमेत रहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो । तीन दिनअघि मात्रै उनको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

 

उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । यससहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको सङ्ख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  ।