close

माओवादीका सांसद एमालेका उमेदवार, एमालेका सांसद कांग्रेसका उमेदवार 

माओवादीका सांसद एमालेका उमेदवार, एमालेका सांसद कांग्रेसका उमेदवार 

Trulli
ADVERTISEMENT


चन्द्रकान्त खनाल
रुपन्देही– लुम्बिनी प्रदेशको तर्फबाट राष्ट्रिय सभा सदस्य पदका लागि उक पदका लागि हुने निर्वाचनका लागि मंगलवार उमेदवारी दर्ता भएको छ । 

 

१७ जेठका लागि तय भएको निर्वाचनका लागि सत्तारुढ दल एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र कांग्रेस–माओवादी गठवन्धनका तफृबाट दुर्गनारायण पाण्डेयले उमेदवारी दर्ता गराएका छन् । 

 

खड्का एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले दल त्यागको निवेदनको आधारमा सो पद रिक्त भएको थियो । एमालेले उनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमालेका प्रदेश अध्यक्ष लिला गिरीले वताए । 

 

यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका दुर्गनारायण पाण्डेयलाई उम्मेदवार बनाउने भएको छ । उनी वैशाख १९ गते एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका हुन् ।


लुम्बिनीमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ९६ मतदाता छन् । जसमा प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् ।