close

नमोबुद्धलाई एक साता सिल गरिने

नमोबुद्धलाई एक साता सिल गरिने

Trulli
ADVERTISEMENT

काभ्रे- पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएपछि काभ्रेको नमोबुद्ध नगरपालिकाले एक साताको लागि नगरलाई पूर्ण रुपमा सिल गर्ने भएको छ । मंगलबार बसेको नगरपालिकाको बैठकले नगर क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

 

नगरपालिकाले एक सूचना जारी गर्दै ५ जेठ राती १२ बजेदेखि १२ जेठ राती १२ बजेसम्म (एक हप्ता) सम्म नगरपालिकालाई सिल गर्न लागिएको नगरप्रमुख टंकप्रसाद शर्माले पालिका खबरलाई जानकारी दिए । 

 

नगरपालिकाले औषधी पसल, अस्पताल बाहेक खाद्यान्न पसल, तरकारी पसल, दुग्धजन्य पसल, तथा व्यवसायहरु र बैँक तथा वित्तिय संस्थाहरुबाट प्रदान हुने सम्पूर्ण सेवाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । 


सिल गरेको अवधीमा अत्यावश्यक सेवा प्रवाहमा प्रयोग हुने बाहेकका कुनै पनि नीजि तथा सार्वजनिक सवारी साधन प्रयोगमा नगरपालिकाले रोक लगाएको हो । त्यस्तै बनेपा नगरपालिकाले पनि ४ जेठ देखि एक साताको लागि नगरलाई पूर्ण रुपमा सिल गरेको छ ।