close

नागरिकता देखाएरै राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न सकिने

नागरिकता देखाएरै राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न सकिने

Trulli
ADVERTISEMENT

काठमाडौं- जेठ ६ गते बिहीबार बागमती प्रदेशमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा यस अघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायतका कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

 

प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सकिने छ ।

 

स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

 

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशनसमेत दिइसकेको छ ।