close

विदेशमा छाक कटाएर स्वदेशको कोरोना नियन्त्रणमा सहयोग

विदेशमा छाक कटाएर स्वदेशको कोरोना नियन्त्रणमा सहयोग

Trulli
ADVERTISEMENT

पर्वत– पर्वतको जलजला गाउँपालिकालाई कोरोना महामारीसँग जुध्न विदेशमा रहेका विद्यार्थीले सहयोग गरेका छन् । पढाइका बेला हुने फजुल खर्च कटाएर उनले गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । 


जलजला गाउपालिका–४ घर भई अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी सञ्जय जिसीले गाउँपालिकालाई स्वास्थ्य सामग्री पठाएका हुन् । कोरोना महामारीले आफ्नो जन्मगाउँ पिराेिलरहेको भन्दै उनले ५० हजार रुपैयाँका स्वास्थ सामग्री पठाएका थिए । 

 

पिपिइ  १० थान, ग्लोब्स (पन्जा) ५० जोडी, माक्स १ हजार थान, स्यानीटाइजर ५ लिटर लगायतका सामग्री पठाएको जिसीले बताए । स्वास्थ सामग्री उनका आफन्त भगवान जिसीले गाउपालिकाका अध्यक्ष याम बहादुर मल्ल ‘रामकृष्ण’ लाई हस्तान्तरण गरेका थिए ।


त्यस्तै जलजला गाउँपालिका–७ घर भई हाल लण्डनमा बस्दै आएकी एलिना शर्माले पनि गाउँपालिकालाई स्वास्थ्य सामग्री पठाएकी छन् । २५ हजार रुपैयाँ बराबरका स्वास्थ्य सामग्री शर्माले पर्वतमा रहेको परिवारमार्फत पठाएकी हुन् । 

 

गाउँपालिकाको ‘कोभिड–१९ नियन्त्रण आपतकालिन कोष’मा साउदी अरेबियामा रोजगारीको शिलशिलमा रहेका जलजला –४ का सागर मल्लले ५ हजार रुपैयाँ सहयोग गरेको स्वास्थ्य संयोजक राजु बोहोराले जानकारी दिए । 


कोभिड नियन्त्रण गर्नको लागि जलजलामा विभिन्न संघसंस्थाको उद्घार टिम बनाई कार्य गर्दै आइरहेका छन् ।  जलजलाको लस्ती र मल्लाजमा कोरोना अस्पताल बनाई संक्रमितकोे उपचार गरिरहेको पालिकाको स्वास्थ संयोजक बोहोराले बताए ।