close

भीम अस्पताललाई रोहिणी पालिकाको नगद सहयोग 

भीम अस्पताललाई रोहिणी पालिकाको नगद सहयोग 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको रोहिणी गाउँपालिकाले जिल्लाको सरकारी संस्था भीम अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले ५ लाख रुपैयाँको चेक भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सकुन्तला गुप्तालाई प्रदान गरे ।

 

मेसु गुप्ताले अहिले अस्पताललाई स्थानीय तहलगायत अन्य संघ-संस्थाको सहयोग आवश्यक रहेको बताइन । कोभिड महामारीको समय जनशक्ति र अक्सिजनमा अत्यधिक खर्च भइरहेकाले यस्तो सहयोगले केही भए पनि राहत मिल्ने उनको भनाइ छ ।


‘समयमै सरकारी बजेट नआउँदा अक्सिजनको रकम बुझाउन अप्ठेरो भइरहेको छ । यस्तो अवस्थामा रोहिणी गाउँपालिकाको यो सहयोगले मद्दत पुग्नेछ’, गुप्ताले भनिन् । हालसम्म रोहिणीबाहेक सम्मरीमाई गाउँपालिकाले पनि ३ लाख रुपैयाँ सहयोग गरेको उनले जानकारी दिइन् ।

 

रोहिणी गाउँपालिका अध्यक्ष यादवले जिल्लास्थित सरकारी अस्पतालको संरक्षण गर्नु स्थानीय तहहरूको समान दायित्व रहेको बताए । सरकारी अस्पताललमा कुनै एउटाको मात्र नभई सबै पालिकाका बिरामीले उपचार पाउने भएकाले यसको संरक्षणमा पनि उत्तिकै ध्यानुपर्ने उनको सुझाव छ ।