close

जनशक्ति अभावमा सिरहा अस्पतालको भेन्टिलेटर प्रयोगविहीन

जनशक्ति अभावमा सिरहा अस्पतालको भेन्टिलेटर प्रयोगविहीन

Trulli
ADVERTISEMENT

सिरहा- सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर दक्ष जनशक्तिको अभावमा सञ्चालन हुन सकेको छैन ।  भेन्टिलेटर संचालन नहुँदा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु पर्ने बाध्यता अस्पतालको छ ।

 

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ । 

 

भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति सम्बन्धित निकायसँग पटकपटक माग गर्दा पनि नपठाएकाले अहिले चारवटै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नागेन्द्र यादवले बताए ।

 

सिरहा अस्पतालमा एचडियु १५ शय्या र आइसियु पाँच शय्या र चार भेन्टिलेटर उपलब्ध रहे पनि भेन्टिलेटर सञ्चालनमा छैन । अस्पतालले आफैँ अक्सिजन प्लान्ट जडान गरेको छ । आफ्नै पिसिआर टेष्ट ल्याबबाट प्रत्येक आठ घण्टामा ९६ जनाको रिपोर्ट दिँदै आएको छ ।