close

अदानचुलीले खरिद गर्‍यो ३ वटा अक्सिजन कन्सन्ट्रेटर

अदानचुलीले खरिद गर्‍यो ३ वटा अक्सिजन कन्सन्ट्रेटर

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको अदानचुली गाउँपालिकाले ३ वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर पालिका भित्र्याएको छ । गाउँपालिकामा कोरोना संक्रमितको संख्या ७ पुगेपछि तत्कालका लागि १५ बेडको आइसोलेसन तयार गरी ३ वटा अक्सिजन प्लान्ट खरिद गरी ल्याइएको पालिका अध्यक्ष दल फडेराले बताए ।
 
३ वटा अक्सिजन कन्सन्ट्रेटरसहित ८० वटा एन्टिजेन्ट किट, १० हजार मास्क, ५०० एमएलको १०० बोतल स्यानिटाइजर, २० पिस फेस सिट र १० वटा पल्स मिटर गाउँपालिकामा आइपुगेको स्वास्थ्य संयोजक हंस महताराले बताए । उनले भने, ‘प्रतिअक्सिजन कन्सन्ट्रेटरको १ लाख २५ हजारका दरले ३ लाख ७५ हजार रुपैयाँमा खरिद गरेका हौँ ।’

 

सूर्योदय माध्यमिक विद्यालयको छात्रवासमा तयार गरिएको १५ शय्याको आइसोलेनमा जडान गर्ने तयारी भएको उनले जानकारी दिए । अक्सिजन कन्सन्ट्रेटरलाई बिजुली आवश्यक हुने हुँदा गाउँपालिका अध्यक्षसहितको टोलीले जडान गर्ने उनको भनाइ छ ।


 
संयोजक महताराराले भने, ‘गाउँपालिकामा ७ जनालाई संक्रमण पुष्टि भएको छ । उनीहरू सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । मैले पनि सबैसँग फोनमार्फत कुरा गरेको छु । अवस्था सामान्य छ । पछि धेरै गाह्रो भए आइसोलेसनमा ल्याउने योजना छ ।’


 
औषधी र ३० वटा बेडसमेत खरिद गरिएको र गाउँपालिकाको गाडीमा बेड नअटेपछि केही दिनमा गाडी खोजेर पालिकामा ल्याइने तयारी भइरहेको उनले बताए ।