close

कोरोना पोजेटिभ भएपनि नमोबुद्धका प्रमुख शर्मा मतदानमा सहभागी

कोरोना पोजेटिभ भएपनि नमोबुद्धका प्रमुख शर्मा मतदानमा सहभागी

Trulli
ADVERTISEMENT

काभ्रे- नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको कोरोना रिपोर्ट पोजेटिभ आएपनि राष्ट्रिय सभाको सदस्यका लागि हेटौंडामा भएको मतादानमा सहभागि भएका छन् ।

 

मतदानमा सहभागि हुनु अगाडि अनिवार्य कोरोना परिक्षण गर्नुपर्ने भएकाले नगरप्रमुख शर्माले गत मंगलबार परिक्षण गराएका थिए ।

 

बुधबार नै कोरोना रिपोर्ट पोजेटिभ आएपनि बिहीबार बिहानै हेटौंडा पुगेर सुरक्षित रुपमा मेयर शर्माले मतदान गरेको नगरपालिकाले जनाएको छ ।

 

नगरप्रमुख शर्माको स्वास्थ्य अवस्था समान्य रहेको र हाल घरमै आईसोलेसनमा बसेको नगरप्रमुखका प्रेस सल्लाहकार विनोद बाबुले बताए ।