close

रजस्वलाबारे बालिकालाई बुझाउँदै केकी अधिकारी

रजस्वलाबारे बालिकालाई बुझाउँदै केकी अधिकारी

Trulli
ADVERTISEMENT

काठमाडाैं- विद्यालय तहमा अध्ययनरत बालिका तथा किशोरीहरुलाई महिनावरीबारे पर्याप्त ज्ञानको अभावमा समस्या झेल्नुपरिरहेको अवस्थामा नायिका केकी अधिकारीले भर्चुअल माध्यमबाट महिनावारीबारे विशेष छलफल चलाउँदैछिन् ।

 

आगामी जेठ ८ गते शनिबार बेलुकी ५ः३० देखि ६ः३० बजेसम्म नायिका अधिकारीको फेसबुक पेजबाट भिडियो लाईभ हुने जानकारी दिएकी छिन् । लाईभमा विद्यालय तहमा गर्नुपर्ने महिनावारी स्वच्छता र यसको व्यवस्थापनबारे किशोरकिशोरी र शिक्षकहरुको धारणा थाहा पाउन सकिनेछ ।

 

कार्यक्रममा काभ्रेकि शिक्षक लक्ष्मी अधिकारी, कैलाली राजापुरकी शिक्षक पुष्पा कुमारी भट्ट, बर्दियाका मौसम थारु, सिन्धुलीकी गरिमा थापा र भक्तपुरकी रोनी शाक्यसँग केकी अधिकारीले छलफल गर्नेछिन् । कार्यक्रमका दौरान उठेका प्रश्नहरुको पनि जवाफ दिईने बताइएको छ ।