close

बादललाई हराउँदै देवकोटा बने राष्ट्रिय सभा सदस्य

बादललाई हराउँदै देवकोटा बने राष्ट्रिय सभा सदस्य

Trulli
ADVERTISEMENT

मकवानपुर- आज भएको राष्ट्रिय सभाको उप-निर्वाचनमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने स्वतन्त्र उमेद्वार खिमलाल देवकोटा निर्वाचित भएका छन् ।

 

सम्पन्न मतगणनाको  अन्तिम परिणम अनुसार देवकोटा ५०८८ मतभारसतिहत निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामबहादुर थापा (बादल)ले ४०१४ मत ल्याएर पराजित भएका छन् । 

 

निर्वाचित देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसिहतको समर्थनमा कलम चिन्ह लिएर स्वतन्त्र उमेद्वार बनेका थिए ।

 

नेकपा एमालेको आन्तरिक किचलोका कारण नेपाल पक्षधर स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष तथा प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेपछि अन्ततः स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गरेका देवकोटा निर्वाचित भएका हुन्  ।


जवकी बागमती प्रदेशको स्थानीय तह र प्रदेश सभामा नेकपा एमालेको एकल बहुमत थियो ।


पार्टीको आन्तरिक किचलोका कारण नेकपा एमालेले राष्ट्रिय सभामा एक जना सांसद गुमाएको छ । यद्यपी एमालेकै नेपाल खेमाले भने देवकोटा एमालेकै प्रतिनिधि भएको दाबी गर्दै आएको छ । 

 

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने बादल एमाले प्रवेश गरेपछि माआबादी केन्द्रले उनलाई कारवाही गरेपछि उपनिर्वाचन भएको हो ।

 

स्मरणीय छ आज मात्रै सर्वोच्च अदालतले गृहमन्त्री समेत रहेका एमाले नेता बादलसहित सात जना मन्त्रीलाई मैन्त्रीके हैसियतमा काम नगर्न–नगराउन अन्तरिम आदेश दिइसकेको छ  ।

 

योसँगै नेता बादललाई राजतीतिक जीवनमै पहिलो पटक दोहोरो झट्का लागेको छ ।