close

अक्सिजन प्लान्ट जडान गर्दै भक्तपुर नगरपालिका

अक्सिजन प्लान्ट जडान गर्दै भक्तपुर नगरपालिका

Trulli
ADVERTISEMENT

भक्तपुर- कोरोना संक्रमितको उपचारका लागि मुलुकभका स्वास्थ्य संस्थामा अक्सिजन अभाव देखिएसँगै भक्तपुर नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट जडान गर्ने भएको छ ।

 

आइसोलेसन केन्द्रमा अक्सिजन दिनुपर्ने संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजनको सहज आपूर्तिका लागि नगरपालिकाले ख्वप अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्नेबारे छलफल अगाडि बढाएको नगरप्रमुख सुनिल प्रजापतिले बताए । अक्सिजन प्लान्ट जडानका लागि सरोकारवाला निकायसँग सहयोग माग गरिएको उनले जानकारी दिए । 


कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बुधबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाका प्रतिनिधिबीच सम्पन्न भर्चुअल अन्तक्र्रियामा नगरप्रमुख प्रजापतिले उक्त विषयमा छलफलसँगै सहयोगका लागि अनुरोध गरेका हुन् ।


‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहकारी संस्थाको भूमिका’ विषयक कार्यक्रममा नगरपालिका प्रमुख प्रजापतिले कोभिडविरुद्ध लडाइँमा एकीकृत सहकार्यको खाँचो रहेको बताउँदै सबैको संयुक्त प्रयासले कोरोनालाई परास्त गर्न सकिने विश्वास व्यक्त गरे । 

 

ख्वप अस्पताललाई करिब साढे १० लाख सहयोग

 

बोरिस हेस नेपालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई करिब साढे १० लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि ख्वप अस्पताललाई मोबाइल एक्सरे १ थान, अक्सिजन कन्सेनट्रेटर २ थान, भेन्चुरी मास्क १०० थान र रेभेस्री मास्क १०० थान गरी १० लाख ४५ हजार ५ सय रुपैयाँ बराबरको सहयोग गरेको हो ।

 

नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा संस्थाले उक्त सहयोग गरेको हो । हाल भक्तपुरले ब्रह्मायणीस्थित बहुउद्देश्यीय भवनमा ख्वप अस्पताल कोभिड युनिट सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । 

 

१७ वैशाखबाट सञ्चालित उक्त युनिटमा ११६ जना संक्रमितले सेवा पाइसकेका छन् भने ४० जना निको भई घर फर्किइसकेका छन् । हाल युनिटमा ५२ जना संक्रमित उपचाररत छन् । 

 

उनले संघीय सरकारसँग भेन्टिलेटर, आइसियु र अक्सिजन प्लान्टका लागि आवश्यक सहयोगको माग गरे पनि अहिलेसम्म पाउन नसकिएको उनको गुनासो छ ।