close

बाजुरामा एक साताका लागि थपियाे निषेधाज्ञा

बाजुरामा एक साताका लागि थपियाे निषेधाज्ञा

Trulli
ADVERTISEMENT

बाजुरा- नयाँ भेरियन्टसहितकोे कोरोना भाइरसको संक्रमित बढ्दै गएपछि शुक्रबार बसेको बाजुरा जिल्ला संकट व्यवस्थापन समितिकाे बैठकले एक साताका लागि निषेधाज्ञा थप गरेको छ ।

 

बैठकले जेठ १४ गते मध्येराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिएका हुन्।

 

संक्रमित बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या नघटेकाले जेठ १४ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरेको बाजुरा प्रशासनले जनाएको छ ।

 

बाजुरामा भारत लगायतका देशबाट आउनेको क्रम नरोकिएकाले संक्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरिएको बजुराका सहायक प्रमुख जिल्ला अधिकारीसमीर भण्डारीले बताए ।