close

जनशक्ति अभावले आइसोलेसन सञ्चालनमा समस्या (भिडियो खबर)

जनशक्ति अभावले आइसोलेसन सञ्चालनमा समस्या (भिडियो खबर)

ADVERTISEMENT

कञ्चनपुर- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नेपालमा ९७ प्रतिशतमा भारतीय भेरियन्ट देखा परेको जनाएको छ । भारतीय भेरियन्ट नेपालमा भारतबाट आएकाबाट नै फैलिएको कुरामा दुई मत छैन ।

 

भारतसँग सीमा जोडिएका जिल्लामा कडाई नहुँदा नै अहिले मुलुक महामारीको भयावह अवस्थाकाबीच गुज्रिरहेको छ । भारत जाने र आउनेको संख्या सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाबाट पनि हो । त्यहाँ पनि संक्रमणको अवस्था उस्तै छ ।

 

जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र र आइसोलेसन बनाइएको छ । तर, बिरामीको माग धान्न नै मुस्किल परिरहेको छ । भएका आइसोलेसन पनि उपकरण र जनशक्ति अभावमा पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् । 

 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले प्राथमिक स्वस्थ्य केन्द्रलाई नै आइसोलेसन बनाएको छ । केन्द्रमा २० शय्या क्षमता भएको आइसोलेसन निर्माण गर्ने भनिए पनि अहिले स्रोत र साधनको अभावले पालिकाले ८ शय्या क्षमतको मात्र आइसोलेसन संचालन गरेको हो ।

 

अहिले अक्सिजन पनि यहाँ बिरामी अनुसार खपत भएकाले यसलाई नगरपालिकाले बिस्तारै बढाएर जनशत्ति र साधन राखी बिरामीको चाप अनुसार २० शय्या सम्म निर्माण गर्ने भएको छ ।

 

कोभिड अस्पताल २० शय्याको बनाउने भनिए पनि पूर्वाधार र स्रोत साधनको अभाव हुँदा ८ शय्या मात्रै  सञ्चालनमा छ । त्यसैले अहिले गम्भीर बिरामीलाई मात्रै भर्ना गरिएको छ । अन्य संक्रमित उपचारका लागि अन्यत्र जान बाध्य छन् । 


हाल दोधारा चाँदनी नगरपालीकामा कोभिडका ३ सय ८४ बिरामी छन् । जसमध्ये निको भएका २ सय ३५ छन् भने मृत्यु भएकाको संख्या १२ छ ।

 

नगरपालिका भारतसँग सीमा जोडिएको नाका भएकाले पनि महामारीको जोखिम उच्च छ । मंगलबार सरकारले नै भारतीय भेरियन्ट नेपालमा देखिएको भनेसँगै जिल्लामा झन् बढी संक्रमण फैलिने खतरा बढेको छ ।