close

मेयर कल्याणकारी कोषमा रकम सहयाेग

मेयर कल्याणकारी कोषमा रकम सहयाेग

Trulli
ADVERTISEMENT

कैलाली- अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिण्डरका लागि धनगढी उप-महानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा प्याब्सन धनगढीले रकम सहयोग गरेको छ ।


प्याब्सनले शुक्रबार धनगढी उप-महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई दुई लाख ६२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । प्याब्सनले सहयोग गरेको चेक बुझ्दै नगरप्रमुख वडले कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ति तथा सहयोगी दाता, संघसंस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरे ।  

 

धनगढी उप-महानगरपालिकामा ३० वैशाखमा नगरप्रमुख तथा नगरस्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो ।  पछिल्लो समय कोषमा रकम सहयोग गर्नेहरु बढ्दै गएका छन् ।