close

भक्तपुरका ९५ प्रतिशत संक्रमित होमआइसोलेसनमा

भक्तपुरका ९५ प्रतिशत संक्रमित होमआइसोलेसनमा

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरमा कोभिड-१९ को संक्रमण र मृत्युदर बढ्दै गएको छ । संक्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस संक्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको थियाे ।
    

भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएसँगै भक्तपुरमा संक्रमण र मृत्युको सङ्ख्या बढ्दै गएको छ ।


जिल्लामा अहिलेसम्म १७ हजार ५७६ कूल सङ्क्रमित रहेकामा चार हजार ५५५ सक्रिय सङ्क्रमित छन् । अस्पताल तथा विभिन्न आइसोलेसनमा २३९ सङ्क्रमित छन् । होमआइसोलेशनमा चार हजार १३४ बिरामी छन् । अहिलेसम्म १२ हजार ९९० सङ्क्रमित निको भएका छन् ।


संक्रमणका कारण भक्तपुरमा एकैदिन १४ जनासम्मको मृत्यु भएको छ । गएको दुई सातादेखि भक्तपुरमा लगातार सङ्क्रमितको मृत्यु भइरहेको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा सङ्क्रमितले शय्या पाउन सकिरहेका छैनन् । शय्या नभएर कतिपय बिरामीलाई अस्पतालको गेटबाटै फर्काउने बाध्यता रहेको छ । अस्पतालमा रहेकाहरूको पनि अक्सिजन अभावकारण झन समस्यामा परेका छन् । 

 

सक्रिय सङ्क्रमित र मृत्युमध्ये सबभन्दा धेरै मध्यपुरथिमि, त्यसपछि सूर्यविनायक, त्यसपछि भक्तपुर नगरपालिकामा रहेको छ भने चाँगुनारायण नगरपालिकामा यी अनुपातमा ५० प्रतिशत संक्रमण र मृत्युदर कमी रहेको छ । 


जिल्लामा चार हजार ५५५ सक्रिय सङ्क्रमित रहेकामध्ये विभिन्न आइसोलेसन केन्द्रमा र होमआइसोलेशनमा भने चार हजार २५६ रहेका छन् । सङ्क्रमितमध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार सङ्क्रमितमध्ये अस्पतालबाट निको भएर फर्कनेको सङ्ख्या ७१ प्रतिशत रहेको छ ।


संक्रमणका कारण कोभिडको उपचार गराइरहेका भक्तपुरका सबै अस्पतालका शय्या भरिएका छन् । अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा पनि निकै समस्या आएको छ ।