close

गौरीगंगा नगरपालिकाको आफ्नै काेराेना अस्पताल

गौरीगंगा नगरपालिकाको आफ्नै काेराेना अस्पताल

Trulli
ADVERTISEMENT

कैलाली- कोरोना संक्रमितहरुको संख्या बढीरहेका बेला संक्रमितको उपभारका लागि गौरीगंगा नगरपालिकाले आफ्नै कोभिड अस्पताल सञ्चालन गरेर कोभिड संक्रमितहरुको उपचार गरिरहेको छ । 

 

कोभिड-१९ को दोश्रो लहर बढ्न शुरु भएको लगत्तै नगरपालिकाले चौमाला प्राथमिक स्वास्थ्य केन्द्र नजीकै अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको हो ।

 

अस्पतालमा पालिकाका कोरोना संक्रमितहरुको उपचार गर्ने गरिएको गौरीगंगा नगरपालिकाका  जनस्वास्थ्य निरीक्षक इश्वरी  प्रसाद भुषालले पालिका खबरलाई बताए । 


चौमालमा स्वास्थ्य केन्द्रको नजीकै रहेको खाली भवनको मर्मत गरेर नगरपालिकाले कोभिड अस्थायी अस्पताल सञ्चालन गरेको हो । अस्पतालमा  एक जना चिकित्सकको पनि नगरपालिकाले व्यवस्था गरेको छ ।

 

अस्पतालमा ४ वटा अकिसजन कन्सन्ट्रेटर र १० वटा अक्सिजन सिलिण्डरकोसमेत व्यवस्था गरिएको छ । अस्थायी कोभिड अस्पतालमा ठाउँ नपुगेमा इमरजेन्सी प्रयोगका लागि स्वास्थ्य चौकीका क्वाटरहरु खाली अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ ।

 

अहिलेसम्म अस्थायी कोभिड अस्पतालमा उपचार गरेर १० महिला र १७ पुरुगा गरि २७ जना  निको भएर  फर्किसकेका छन्  भने ४ महिला र १४ पुरुषको उपचार भैरहेको छ । अस्थायी कोभिड अस्पतालको सञ्चालनले संक्रमित पालिकाकबासीलाई टाढा जानु पर्ने बाद्धयताकोसमेत अन्त्य भएको छ ।