close

रुकुम पूर्वमा ३० प्रतिशत जनता कोरोना संक्रमित, मृत्यु दर ३ प्रतिशत

रुकुम पूर्वमा ३० प्रतिशत जनता कोरोना संक्रमित, मृत्यु दर ३ प्रतिशत

Trulli
ADVERTISEMENT

 

रुकुम पूर्व– कोरोना भाइरसको नमुना परीक्षण गरिएकामध्ये ३० प्रतिशत बढीमा कोरोना संक्रमण भइरहेको छ ।

 

स्वास्थ्य कार्यालय रुकुम पूर्वको तथ्यांकअनुसार जिल्लामा दोस्रो भेरियन्ट सुरु भएदेखि हालसम्म एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएमध्ये ३० प्रतिशतमा संक्रमण पुष्टि भइरहेको हो । 

 

जिल्लामा एन्टिजेन विधिमार्फत ४५५ जनामा कोरोनाको नमुना परीक्षण गर्दा १३८ जनालाई पुष्टि भएको कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले जानकारी दिए । यो प्रतिशतमा ३० दशमलव ३२ हुन आएको छ । 


‘कोरोना संक्रमित भएकामध्ये ३ दशमलव ६२ प्रतिशतको मृत्युदर रहेको छ,’ गिरीले भने, ‘हाल कोरोनाका कारणले ५ जनाको मृत्यु भएको छ ।’ 

 

संक्रमितमध्ये अस्पतालमा भर्ना हुनेको संख्या भने न्यून छ । अहिलेसम्म जिल्लामा संक्रमित भएकामध्ये ४ दशमलव ३४ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना गर्नुपरेको छ । अन्य सबैलाई होम आइसोलेसनमा राखिएको छ ।

 

१९ दशमलव ५६ प्रतिशत संक्रमित निको भएका छन् । १३८ कोरोना पुष्टि भएकामध्येमा ११० जना होम आइसोलेसनमा छन् भने ६ जना रुकुम पूर्व अस्पतालको आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

यसैगरी २७ जना कोरोनाबाट मुक्त भएका छन् । अन्य जिल्लाको तुलनामा यहाँ स्थिति भयावह भइनसकेको स्वास्थ्य कार्यालयले बताएको छ । 

 

परीक्षणका आधारमा हिमाली जिल्लामा यति संक्रमित देखिनु पनि अवस्था गम्भीर रहेको भन्दै लापर्वाही नगर्न जिल्लाबासीलाई स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले आग्रह गरे ।

 

‘यही दरमा कोरोना फैलिँदै गए भोलिका दिनमा हामीसँग भएको स्रोत साधनले धान्न नसक्ने अवस्था आउन सक्छ’, ढकालको चिन्ता छ ।