close

खुलमखुला हिँड्डुल गर्छन् संक्रमित

घर फर्केकाहरू पनि होमआइसोलेसनमा नबसी घर परिवारसँगै बस्छन्

खुलमखुला हिँड्डुल गर्छन् संक्रमित

घर फर्केकाहरू पनि होमआइसोलेसनमा नबसी घर परिवारसँगै बस्छन्

Trulli
ADVERTISEMENT

कैलाली- दोस्रो लहरको कोभिड-१९ का संक्रमित बिरामी घरघरमा देखिन थालेपछि धनगढी उपमहानगरपालिका-२ का स्थानीयवासीमा त्रास फैलीको छ । कोरोनाका बिरामी गाउँ वरिपरि देखिन थालेपछि स्थानीय स्तरमा नै अहिले डर फैलीको छ । कोरोनाबाट ज्यान गुमाउने र संक्रमितको सङ्ख्या घट्नुको साटो बढ्दै गइरहेको छ ।

 

अघिल्लो वर्षमा कोभिडका बिरामी गाउँ-टोलतिर कोही पनि थिएनन् तर यसपालि भने कोभिडका बिरामी मात्र नभई यसबाट ज्यान गुमाउने व्यक्तिसमेत गाउँमा बढेकाले पनि उपमहानगरपालिका-२ का स्थानीय त्रसीत भएका छन् । 

 

गाउँमा आफ्नै छरछिमेक वरिपरि कोरोनाका बिरामी रहेका छन् । घर नजिकै रहेको पसलमा हिजोआज सरसामान किन्न जानसमेत एकदमै अप्ठ्यारो महसुस हुने गरेको एक स्थानीय बताउँछन् । 


रोजगारीका लागि भारत पसेकाहरू समेत यतिबेला भारतका विभिन्न शहरमा कोरोनाको महामारी फैलिएपछि गौरीफन्टा सीमानाका हुँदै गाउँ फर्कीका छन् ।

 

घर फर्केकाहरू पनि होमआइसोलेसनमा नबसी घर परिवारसँगै बस्ने गरेकाले पनि समुदाय स्तरमा कोरोना फैलने डर स्तानीयमा छ ।

 

गाउँमा संक्रमित खुलमखुला हिँड्डुल गर्ने गरेका कारण पनि चिन्ता हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् । समयमै सबै सचेत नहुने र सरोकारवालाहरूले पनि यसमा ध्यान नपुर्‍याउने हो भने अवस्था भयावह हुने निश्चित छ ।