close

आइसोलेसन निर्माणमा आफैँ खटिए कन्काईका नगरप्रमुख (भिडियो खबर)

आइसोलेसन निर्माणमा आफैँ खटिए कन्काईका नगरप्रमुख (भिडियो खबर)

ADVERTISEMENT

झापा- कोरोना भाइरसका कारण अहिले मुलुक निषेधाज्ञामा छ । संक्रमणको अवस्था विस्तारै घट्दै गइरहेको छ । तर, समुदायमा फैलिएको कोरोना निर्मुल भए-नभएको अझै पनि टुंगो लागेको छैन ।

 

स्थानीय सरकारले नै महामारी नियन्त्रणको प्रयास गरिरहेका छन् भने आइसोलेसन निर्माण गर्ने क्रम रोकिएको छैन । कोरोनाले गर्दा सयौँले मृत्युसँग लडिरहेका छन् कयौँ पराजित भएर मृत्युवरण गर्न बाध्य भइरहेका छन् । यस्तो अवस्थामा झापाको कन्काइ नगरपालिकाले पनि संक्रमण न्यूनिकरण गर्न भन्दै आइसोलेसन निर्माण गरेको छ । आइसोलेसन २० शय्याको बनाइएको छ भने संक्रमितलाई असहज हुन सक्ने भन्दै अक्सिजनको समेत व्यवस्था गरिएको छ । 


झापाको कन्काई नगरपालिकाले २० शय्याको आइसोलेसन सेन्टर तयारी गरेको छ । स्थानीय नागरिकलाई कोरोना संक्रमण भइ हालेमा सामान्य उपचारका लागि अस्पतालकै रुपमा आइसोलेसन तयार गरिएको हो । कोरोना संक्रमण रोकथामका लागि सम्पूर्ण नगरबासीलाई सचेत रहन आग्रह गरेको नगरपालिकाले जनचेतना मुलक कार्यक्रम पनि नगरेको हैन । तर, त्यति गर्दा पनि संक्रमितको संख्या बढिरहेकाले उपचारका लागि अक्सिजन सहितको २० शय्याको आइसोलेसन तयार गरेको नगरपालिकाले जनाएको छ । 


कन्काई नगरपालिकामा दिनानुदिन कोरोना संक्रमित  थपिइरहेका छन् । अघिल्लो वर्ष क्वारेन्टिन निर्माणको जिम्मा स्थानीय तहलाई दिँदै आइसोलेसन निर्माणको जिम्मा प्रदेश र केन्द्र सरकारले लिएको थियो । पछिल्लो समय आएर केन्द्रबाट नगरपालिकालाई आइसोलेसनको निर्माणका लागि जिम्मा आएको हो । तर, यो पटक त्यस्तो निर्देशन नआएकै भएपनि तयारी गर्ने चरणमै रहेको नगरपालिकाले जनाएको छ । 


कोरोना संक्रमित बिरामीलाई उपचारका लागि सबै कुरामा पछि नपर्ने नगरपालिकाले जनाएको छ । एक नम्बर प्रदेशका जुनसुकै अस्पतालमा बिरामी पुर्‍याउनु पर्ने भएपनि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको नगरपालिकाले अक्सिजन सिलिन्डर घर-घरमै पनि पुर्‍याइरहेको छ । बिरामीको अवस्थाको बारेमा निरन्तर फलोअपमा नगरपालिकाले चासो दिइरहेको छ । 


नागरिकले स्थानीय सरकारको महत्व बुझ्ने भनेकै आपत परेको बेला हो । अहिले कोभिडको संक्रमणको बेला स्थानीय सरकाले एक कल फोन मात्रै गर्दिदा पनि नागरिकमा हौसला थपिन्छ । तर, कतिपय स्थानीय तहले फोन रिसिभ सम्म नगरेको गुनासो स्थानीयबाट आइरहँदा कन्काइले गरेका यी कामहरु उदाहरणीय छन् । यसलाई कन्काइ नगरपालिका सँगै अरु स्थानीय तहले पनि निरन्तरता सँगै नागरिकको इच्छा अनुसारको काम गर्न जरुरी छ ।