close

निर्वाचन अगाडि सबैलाई काेराेनाविरुद्धकाे खोप: प्रधानमन्त्री आ‍ेली

निर्वाचन अगाडि सबैलाई काेराेनाविरुद्धकाे खोप: प्रधानमन्त्री आ‍ेली

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा ओलीले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी गराएका हुन् । 

 

खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको ओलीले बताएका हुन् ।  

 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिएको छ । नेपालमा अहिलेसम्म २१ लाख १३ हजार  ८० जनाले खोपको दोस्रो  र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् ।