close

२२ जेठभित्र अन्तिम परीक्षाको नतिजा प्रकाशन गर्न चाँगुनारायणको निर्देशन

२२ जेठभित्र अन्तिम परीक्षाको नतिजा प्रकाशन गर्न चाँगुनारायणको निर्देशन

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले २२ जेठसम्म परीक्षा सम्पन्न गर्न नगरभित्रका सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । पालिकाले शैक्षिक सत्र २०७७ को विद्यार्थी मूल्यांकन एवं नतिजा प्रकाशनसम्बन्धी सूचना जारी गरी उक्त निर्देशन दिएको हो ।

 

सूचनाअनुसार कक्षा १ देखि कक्षा ७ र ९ को वार्षिक मूल्यांकन एवं नतिजा प्रकाशन र कक्षा ८ को नतिजा प्रकाशन गर्न विद्यार्थीको प्रयोगात्मक अंक तथा सैद्धान्तिक अंक शिक्षा, युवा तथा खेलकुद शाखामा २२ जेठसम्म अनिवार्य बुझाउन निर्देशन दिइएको छ ।

 

शिक्षा शाखाका छैटौँ अधिकृत रन्जना सापकोटाका अनुसार शिक्षा क्षेत्रका सरोकारवालासँगको छलफलबाट प्राप्त सुझावलाई आधारमा मानेर नगरस्तरीय परीक्षा समितिको बैठकबाट उक्त निर्णय गरेको हो । वार्षिक परीक्षाअन्तर्गत अन्तिम परीक्षा अनलाइन वा अफलाइन वा विद्यालयको अनुकूल वैकल्पिक विधिबाट सञ्चालन गर्न सकिनेछ । 


यसका साथै कक्षा ८ मा पहिलो पटक अनलाइन विधिबाट मूल्यांकन गर्ने र त्यस्तो विधिमा सहभागी हुन नसक्ने विद्यार्थीलाई सम्बन्धित विद्यालयले वैकल्पिक विधि प्रयोग गरी मूल्यांकन गर्न सक्नेछन् । 

 

शिक्षा शाखाका अनुसार कोरोना भाइरसका कारण नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयले अनलाइन तथा वैकल्पिक विधिको प्रयोग गरी पठनपाठन सञ्चालन गर्दै आएका छन् ।