close

कोरोना नियन्त्रण गर्न परीक्षणलाई तीव्र बनाउँदै हिमा गाउँपालिका

कोरोना नियन्त्रण गर्न परीक्षणलाई तीव्र बनाउँदै हिमा गाउँपालिका

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको हिमा गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रियता बढाउँदै लगेको छ । गाउँपालिकाले संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउनुका साथै नागरिकको परीक्षणलाई तीव्रता दिएको हो । 

 

गाउँपालिका स्वास्थ्य संयोजक रतन रोकायाका अनुसार अहिले गाउँमा रुघाखोकी नियन्त्रणमा आएको छ । यसअघि गाउँ गाउँमा रुघाखोकीका बिरामी धेरै थिए । उनले भने ‘गाउँपालिकामा स्वास्थ्यकर्मी परिचालन गर्ने, तापक्रम नाप्ने, लक्षणअनुसार औषधी प्रयोग गर्न थालिएपछि अहिले रुघाखोकी कम भएको छ ।’ 

 

गाउँपालिकामा ६३ जनामा एन्टिजेट परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण देखिएको संयोजक रावतले बताए । उनले भने, ‘यसअघि गाउँपालिका ३ जनालाई संक्रमण देखिएको थियो । पालिकामा अहिले १३ जना सक्रिय संक्रमित छन् ।’ 

 

१३ मध्ये २ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा उपचाररत छन् भने ११ जना होम आइसोलेसनमा रहेको उनले बताए । 

 

गाउँपालिकाले ५ बेडको अस्थायी कोभिड अस्पताल र २० बेडको आइसोलेसन पनि बनाएको छ । गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले भने, ‘संक्रमतिलाई आइसोलेसनमा बस्न आग्रह गरे पनि होम आइसोलेसनमै बस्न रुचाउने गरेका छन् । अहिले संस्थागत आइसोलेसनमा कोही पनि बसेका छैनन् ।’ 

 

संक्रमित सबैको सम्र्पक नम्बर लिएर स्वास्थ्यकर्मीमार्फत स्वास्थ्य परामर्श गर्ने र स्वास्थ्यमा समस्या आएपछि तुरुन्त अस्पताल लैजान एम्बुलेन्स व्यवस्थापन गरिएको अध्यक्ष शाहीले बताए । 

 

प्लान नेपाल संस्थाले अतिविपन्न २०० सय घरधुरीलाई १२–१४ हजार रुपैयाँसम्मको राहत वितरण गर्ने तयारी गरेको गाउँपालिकाले बताएको छ । जुम्लामा कोरोना संक्रमितको संख्या ३२३ पुगेको छ । यसमध्ये ११९ जनालाई निको भइसकेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

 

उनले भने, ‘अझै २०४ जना सक्रिय संक्रमित छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा २२ जना उपचाररत छन् ।’ 

 

गाउँपालिका अध्यक्षलाई संक्रमण 

 

जुम्लाको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार जनस्वास्थ्य कार्यालय जुम्ला र गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा एन्टिजेट परीक्षण संक्रमण देखिएको हो । 

 

अध्यक्ष शाहीसहित वडाध्यक्ष मुनबहादुर बुढालगायत १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा संयोजक रतन रावतले बताए । उनले भने, ‘६३ जनामा एन्टिजेट परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण देखिएको हो ।’ यसअघि गाउँपालिकाका ३ जनालाई संक्रमण देखिएको थियो ।

 

गाउँपालिकामा अहिले १३ जना सक्रिय संक्रमित छन् । १३ मध्ये २ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा उपचाररत भने ११ जना होम आइसोलेसनमा रहेको उनले बताए ।