close

औषधि बोकेर संक्रमितका घरघर पुग्दै कैलारीका जनप्रतिनिधि

औषधि बोकेर संक्रमितका घरघर पुग्दै कैलारीका जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

कैलाली- कैलालीको कैलारी गाउँपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि अहिले गाउँ-गाउँ पुगेर होम आइसोलेसनमा बसिरहेका संक्रमितहरूलाई औषधि वितरण गर्न व्यस्त छन् ।  कोरोना संक्रमण बढेपछि गाउँपालिकाले गाउँ-गाउँमा स्वास्थ्यकर्मी खटाएर संक्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निःशुल्क रूपमा प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले पालिका खबरलाई बताए । 

 

नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाको सङ्क्रमण बढ्न थालेपछि संक्रमण देखिएकाहरू बाहेक कोरोनाका लक्षण देखिएका बिरामीहरू पनि स्थानीय मेडिकलमा टाइफाइड भन्दै औषधि लिन जान थालेपछि अझै चिन्ता थपिएको अध्यक्ष चैधरी बताउँछन् । 

 

अहिले ‘गाउँपालिकाले औषधि दिन थालेपछि बिरामीहरू स्थानीय मेडिकलमा जाने र जथाभाबी एन्टिबायोटिक औषधि लिएर खाने क्रम धेरै हदसम्म घटेको गाउँपालिकाले जनाएको छ ।

 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जथाभावी औषधि किनेर नखान आग्रह गरिएको बताउँदै पहिले कोरोना परीक्षण गरेर मात्रै अन्य उपचार गर्नु पर्छ भनेर हामीले सम्झाउने गरेको बताए ।

 

गाउँपालिकाको कार्यालयले एन्टिजेन विधिबाट गाउँपालिकामै परीक्षण गर्नुका साथै पिसिआर परीक्षणका लागि हप्तामा दुई दिन स्वाव सङ्कलन गर्दै आएको पालिका अध्यक्ष चैधरी बताउँछन् ।