close

कोरोनाकाे चेनः विवाह, भोज र व्रतबन्ध (भिडियो खबर)

कोरोनाकाे चेनः विवाह, भोज र व्रतबन्ध (भिडियो खबर)

ADVERTISEMENT

जुम्ला- कोरोना भाइरसको संक्रमण फैलदो छ । संक्रमण बढेसँगै थातथलो फर्कनेबाट गाउँगाउँमा कोरोना संक्रमण फैलियो । विवाह, भोज र व्रतबन्धले पनि संक्रमण बढाउन मद्दत गर्‍यो । संक्रमितको वृद्धिले अहिले गाउँ अझ भनौँ समुदायस्तरमा कोरोना फैलिएको छ । पहिलो लहरको तुलनामा हाल कोरोना संक्रमण अत्याधिक फैलिरहेको छ ।

 

निकै संक्रामक मानिएको संक्रमणका कारण अवस्था भयावह उन्मुख छ । संक्रमितलाई आइसोलेसन राख्ने ठाउँ छैन । स्थानीय सरकारले आइसोलेसन निर्माण गरेका छन् तर, संक्रमितको उपस्थिति छैन । त्यसैले कर्णाली प्रदेशको चन्दननाथ नगरपालिका भने होम आइसोलेसनमा नै बसिरहेका संक्रमितको स्याहार गरिरहेको छ । 

 

स्वास्थ्य कार्यालय जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा कोरोना परीक्षण गर्नुका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाको सचेतीकरण गर्दै आप्mनो सक्रियता बढाउँदै आएको हो । यस्तै जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी संक्रमितका घरघरमै पुगेर पोषिलो आहार, स्वास्थ्य सामग्री र भिटामिन वितरण गर्दै आएका छन् ।  

 

चन्दननाथ नगरपालिकाका १० वटै वडाका संक्रमितलाई चना २ केजी, अण्डा १ क्यारेट, च्यावनप्रास १ बट्टा, १५ दिनका लागि भिटामिन सि र भिटामिन बि, साथै साबुन २ चक्की, सेनिटाइजर १ बट्टा र मास्क २ प्याकेट वितरण गरिएको छ ।  कोरोना संक्रमण तथा नियन्त्रण गर्नका लागि संघ तथा प्रदेश सरकारबाट बजेटको व्यवस्थापन भएको छैन ।

 

अन्य स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न बजेटको व्यवस्थापन भए पनि यो नगरपालिकामा हुन सकेन  । तर, जिल्लाकै सबैभभन्दा बढी संक्रमित रहेको  नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रण गर्ने काम भइरहेको छ । संक्रमितको मनोबल उच्च बनाउन, संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन प्रेरित गर्दै परामर्श पनि हुँदै आएको छ । 

 

संक्रमितको जीवन रक्षाका लागि सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि खटिएको र संक्रमितको स्याहार सुसारका लागि जस्तोसुकै समस्या पनि समाधान गर्न तल्लिन रहेको चन्दननाथकी नगरप्रमुख कान्तिका सेजुवालको भनाई छ । मापदण्डसहितको आइसोलेसन निर्माणका साथै अक्सिजनको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । 

 

चन्दननाथ नगरपालिकाले थप संक्रमण फैलन नदिन र संक्रमितलाई आइसोलेसनमा नै पौष्टिक आहार दिएर सराहनीय काम गरिरहेको छ । अन्य स्थानीय सरकारले  पनि चन्दननाथबाट संक्रमितको स्याहार कसरी गर्न सकिन्छ भन्ने कुरा सिक्न आवश्यक छ ।