close

देउवालाई प्रधानमन्त्री बनाएर संसद पुनर्स्थापना माग्दै एमालेसहितका १४६ सांसद सर्वोच्चमा 

देउवालाई प्रधानमन्त्री बनाएर संसद पुनर्स्थापना माग्दै एमालेसहितका १४६ सांसद सर्वोच्चमा 

Trulli
ADVERTISEMENT

काठमाडौं - कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका पार्टीका निवर्तमान सांसदहरु संसद पुनःस्थापनाको मागदावीसहित सर्वोच्च अदालत पुगेका छन् । 

 

विपक्षी गठबन्धनका १४६ सांसदहरु हस्ताक्षरसहित सर्वोचच अदालत पुगेर रिट दर्ता गरेका हुन् । उनीहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन् । 

 

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल खेमाका २३ सांसदसमेत देउवालाई प्रधानमन्त्री वनाउन माग गर्दै परेको रिट निवेदक बनेका छन् । 


प्रधानमन्त्रीका लागि देउवासँगै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेश गरेको दाबीलाई अस्वीकार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा संसद विघटन  गरेकी थिइन् । साथै उनले आगामी २६ कात्तिक र ३ मंसिर ३ का लागि मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । 

 

यसैवीच संसद पुर्नस्थापना गर्नमात्र होइन ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नमाग गरेर समेत सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

 


प्रष्ट बहुमतसहित दाबी गरेका देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगर्नु असंवैधानिक भएको उनीहरुको दाबी छ । संसदमा बहुमत देखाउन सक्दिनँ भनेर वैकल्पिक सरकार गठनका लागि अनुरोध गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीमा दाबी गर्न जाने हक नभएको उनीहरुको जिकिर छ ।

 

रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरिएको छ । साथै १४९ सांसदको हस्ताक्षरसहित देउवाले गरेको दाबी वैधानिक भएकाले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिनुपर्ने रिट निवेदकहरुको माग छ ।