close

बेदकोटमा तयार भयाे कोभिड अस्पताल (भिडियो खबर)

बेदकोटमा तयार भयाे कोभिड अस्पताल (भिडियो खबर)

ADVERTISEMENT

 

कञ्चनपुर- कोरोना महामारी अझै थामिएको छैन । पछिल्लो केही दिन राजनीतिक घटनाक्रमले सबैको ध्यान केन्द्रित हुँदा महामारीले लिइरहेको भयावह रूपका बारेमा कसैको ध्यान पुगेको छैन । तर, स्थानीय सरकार भने आफ्नो दिलो ज्यान दिएर महामारी नियन्त्रणमा लागिरहेका छन् । आफ्नै पहलमा औषधि खरिद देखि अक्सिजन आपूर्ति गरिरहेका छन् । बजेटको खर्च कटाएर भएपनि आइसोलेसन र अस्पताल निर्माणमा जुटेका छन् ।

 

संक्रमणले अवस्था भयावह बनाइरहँदा स्थानीय सरकारको समन्वय र सहकार्यले संक्रमितलाई सहज भइरहेको छ । तर, कञ्चनपुरमा भने स्थानीय सरकारले बनाएको आइसोलेसनमा संक्रमित बस्न मान्दैनन् । तर, त्यसो भनेर आइसोलेसन बनाउन छोड्नु त भएन । त्यसैले बेदकोट नगरपालिकाले त कोभिड अस्पताल नै बनाएर सञ्चालनमा ल्याउने तरखर गरेको छ । 

 

नगरपालिकाले ६ शय्याको सुविधा सम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । तर आइसोलेसनमा एक जना पनि कोभिडका बिरामी छैनन् । कारण हो, कोभिड बीरामी होम आइसोलेसनमै बस्नु । त्यस्तै नगरपालिकाले कोभिडका बिरामीको लागी बेदकोट नगरपालिकाको श्री शिव आधारभूत विद्यालयमा अक्सिजन सहितको सुविधायुक्त कोभिड अस्पताल बनाएको छ ।

 

जो हाल १० शय्याको कोभिड अस्पताल हुने छ भने अस्पताल अबको २ देखि चार दिनमै सञ्चालनमा आउनेछ । नगरपालिकाले अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेकोप्रति स्थानीय खुसी छन् । बेदकोट नगरपालीकामा हाल सम्म कोरोनाका संक्रमितको संख्या ४ सय ९२ पुगेको छ । हालसम्म ३ सय ३४ जना निको भएर घर फर्किएका छन् । ती मध्य १ सय ४८ अहिले पनि बिरामी छन् भने १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

 

नेपालमा कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका लागि संघीय संरचना सार्थक देखिएको छ । तर काम थालेको चार वर्षमा आफ्नै संरचनासमेत राम्रो व्यवस्थित हुन सकेको छैन । अधिकार अभावमा बसिरहेका स्थानीय सरकार महामारीमा वरदान सावित भइरहेका छन् । जसको उपस्थितिले महामारी केही हदसम्म नियन्त्रण हुन सफल भएको छ ।