close

कि खोप दिनुस् कि किन्ने अनुमति दिनुस्: नगरप्रमुख खाँड

कि खोप दिनुस् कि किन्ने अनुमति दिनुस्: नगरप्रमुख खाँड

Trulli
ADVERTISEMENT

स्याङ्जा- कोरोना संक्रमणको दर उच्च विन्दुमा पुगिरहेका बेला स्थानीय सरकार जनता बचाउन आक्रामक रुपमा क्रियाशिल हुन थालेका छन् । अघिल्लो कोरोना लहरमा जनचेतना, क्वारेण्टिन व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन लगायतका कार्य गरेर जनमत जितेका स्थानीय सरकार जनताको माग बमोजिम खोपको व्यवस्थापनमा लागेका हुन् । 


स्याङजाको वालिङ नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै खोप व्यवस्थापन गरिदिन अनुरोध गरेको छ । पत्रमा भनिएको छ, ‘भ्याक्सिन उपलब्ध गराई दिनुहुन अनुरोधको साथै यदि तहाँबाट उपलब्ध गराउन नसेमा यस वालिङ नगरपालिकाले आफ्नै खर्चमा मापदण्ड अनुसार खरिद गर्ने गरी कोभिड भ्याक्सिन बाहिरबाट खरिद गर्नको लागि अनुमति दिनुहुन अनुरोध छ ।’


वालिङले कोरोना रोकथामको विकल्प भनेकै भ्याक्सिन भएकाले जनताको अत्याधिक माग भएकाले तत्काल व्यवस्थापनमा लागेको जनाएको छ । 


आईतबार पाल्पाको रामपुर नगरपालिकाले पनि पत्रै पठाएर खोप व्यवस्थापन गरिदिन संघ सरकारलाई अनुरोध गरेको थियो । उता, उदयपुरका ८ वटै पालिकाहरु सदस्य रहेको उदयपुर विकास बोर्डले एक हप्ताअघि नै खोप खरिद गर्ने निर्णय गरेको थियो ।