close

 कोभिडका बिरामीलाई लिसंखुपाखरकाे राहत प्याकेज

 कोभिडका बिरामीलाई लिसंखुपाखरकाे राहत प्याकेज

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- कोभिडका बिरामीलाई लक्षित गर्दै सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले उपचार तथा राहतका कार्यक्रमहरू ल्याएको छ । कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले उपाध्यक्ष हेमगङ्गा मोक्तानको संयोजकत्वमा कोरोना संक्रमित बिरामीलाई स्वास्थ्यमा समस्या देखिए डाँडापाखर वा सिन्धु सदावहार अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्सकासमेते व्यवस्था गर्ने निर्णय गरेको छ ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालका अनुसार बैठकले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई पोषण खर्चवापत प्रति संक्रमित तीन हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । सिन्धु सदावाहर अस्पताल वा डाँडापाखर अस्थायी कोभिड अस्पतालमा अक्सिजनसहितको सामान्य औषधि उपचार खर्च गाउँपालिकाले नै व्यहोर्ने छ ।

 

सो अस्पतालमा उपचार हुन नसकेर अन्यत्र थप सुविधासहितको अस्पताल लैजान डाक्टरले सिफारिस गरेमा गाउँपालिकाले थप औषधि उपचारवापत  १० हजार रुपौयाँ उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष कमल नेपालले  पालिका खबरलाई बताए । 


कोरोना संक्रमित बिरामीको उपचारको क्रममा मृत्यु भए पालिकाले १५ हजार रुपैयाँ काजकिरीया खर्च दिने कोरोना सङ्कट व्यवस्थापन समितिले निर्णय गरेको छ । गाउँपालिकाले समुदायस्तरमा संक्रमण देखिएको भन्दै सर्वसाधारणलाई थप सचेत रहन र स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न अनुरोध गरेको छ । 


पालिकाले गाउँपालिकाभित्रको विभिन्न स्थानको होटल, पसल, व्यवसाय जस्ता भिडभाड हुने क्षेत्रमा पिसिआर नमूना सङ्कलन गरी संक्रमणको अवस्था पहिचान गर्ने काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।